Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

४२ मेगावाट मिस्ट्रीखोलाको व्यावसायिक विद्युत् शुरू

४२ मेगावाट मिस्ट्रीखोलाको व्यावसायिक विद्युत् शुरू

म्याग्दी, १७ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित मिस्ट्रीखोला जलविद्युत् आयोजनाबाट व्यवसायिक विद्युत् उत्पादन शुरू गरिएको छ । माउन्टेन इनर्जी नेपालले बनाएको यो आयोजनो निजीक्षेत्रले निर्माण भएको मुलुककै ठूलो र लागतको हिसाबले सस्तो आयोजना हो । आयोजनाले २०७८ जेठ १ गतेदेखि परीक्षण उत्पादन शुरू गरेको थियो ।

परीक्षण अवधि पूरा गरेर नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् विक्री गर्न थालेको आयोजनाको साइट अफिसका प्रमुख चुडामणि निरौलाले बताएको राससमा उल्लेख छ । निलगिरि र घलेम्दी खोलाको दोभानमा २३ मिटर अग्लो बाँध बनाएर दुई हजार २७०.५ मिटर सुरुङबाट ल्याएको पानी एक हजार ५०० मिटर पेनस्टक पाइपबाट २५० मिटर उचाइको हेडबाट विद्युतगृहमा खसालेर बिजुली उत्पादन गरिएको छ । पहाडभित्र ११५ मिटर लम्बाइ, ८.५ मिटर चौडाइ र १३ मिटर गहिराइ भएको दुई वटा बालुवा थिग्राउने भूमिगत पोखरी (क्यानल) र पावरहाउस परिसरमा स्विचार्ड बनाएको छ । प्रतिमेगावाट रु १३ करोड ४३ लाखमा निर्माण सकिएको प्रवद्र्धक कम्पनीले बताएको छ ।

आयोजनामा भाटभटेनी समूह, नबिल, लक्ष्मी, सिद्धार्थ, एस डेभलपमेन्ट, नेपाल इन्भेष्टमेन्ट बैंक र जलविद्युत् विकास कम्पनीको लगानी छ । दुइ मेगावाट क्षमताको तातोपानी र पाँच मेगावाटको घलेम्दीखोला जलविद्युत् आयोजना यसअघि नै सञ्चालन भएको नारच्याङमा ११० मेगावाट क्षमताको निलगिरि र निलगिरि क्यासकेड, ६ मेगावाटको रेलेखोला निर्माणाधीन अवस्थामा छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x