Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

यस वर्ष विश्वको अर्थतन्त्र ६ प्रतिशतले बढ्ने आईएमएफको प्रक्षेपण

यस वर्ष विश्वको अर्थतन्त्र ६ प्रतिशतले बढ्ने आईएमएफको प्रक्षेपण

काठमाडौं, १७ साउन । यस वर्ष (सन् २०२१) विश्वको अर्थतन्त्रमा ६ प्रतिशतको वृद्धि रहने अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले प्रक्षेपण गरेको छ । कोरोना महामारीका कारण सृजित आर्थिक मन्दीबाट विश्वका धनी देशहरू उठ्न थालेसँगै आर्थिक वृद्धि उक्त प्रतिशतले उकासिने अनुमान आईएमएफले गरेको हो ।

समग्रमा विश्वको अर्थतन्त्र बढ्ने बताइएको भने गरिब देशहरुको आर्थिक वृद्धिदरको अनुमान भने घटाइएको छ । आईएमएफ अनुसार उदीयमान बजार र विकासशील मुलुकको अर्थतन्त्रको वृद्धि भने ६.३ प्रतिशत रहने अनुमान छ । यस्तै यस वर्ष अमेरिकाको अर्थतन्त्र ७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ । सन् २०२० मा कोभिड महामारीका कारण विश्वको अर्थतन्त्र ३.२ प्रतिशतले खुम्चिएको थियो ।
साथै यस वर्ष यूरोजोन ४ दशमलव ६ प्रतिशत, जापानको अर्थतन्त्र २.८ प्रतिशत, चीनको अर्थतन्त्र ८.१ प्रतिशत र भारतको अर्थतन्त्र ९.५ प्रतिशतले बढ्ने अनुमान आईएमएफको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x