Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

चालू आवको १६ दिनमा सरकारको राजस्व आम्दानी २६ अर्ब ४८ करोड

चालू आवको १६ दिनमा सरकारको राजस्व आम्दानी २६ अर्ब ४८ करोड

काठमाडौं, १७ साउन । चालू आर्थिक वर्ष (आव)को १६ दिनमा सरकारको राजस्व संकलन करिब साढे २६ अर्ब पुगेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार शनिवारसम्ममा कुल राजस्व संकलन २६ अर्ब ४८ करोड रुपैयाँ रहेको छ, जुन चालू आवको बजेटमार्फत लिइएको वार्षिक लक्ष्यको २.३ प्रतिशत हो ।

नयाँ सरकारले श्वेतपत्र ल्याइनसकेको अवस्थामा यसअघिको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट अनुसार वार्षिक राजस्व संकलन ११ खर्ब ५१ अर्ब ६० करोड रुपैयाँ हुने लक्ष्य रहेको छ । श्वेतपत्र ल्याएर नीति तथा कार्यक्रम संशोधन भएमा स्वाभाविक रूपमा बजेटको आकार र राजस्वको लक्ष्य समेत परिवर्तन हुने देखिएको छ ।

साउन १६ सम्ममा कर राजस्व २५ अर्ब ८० करोड रुपैयाँभन्दा बढी संकलन भएको छ, जुन कर राजस्व संकलनको विद्यमान लक्ष्यको २.४९ प्रतिशत हो । कर राजस्व असुलीतर्फ हालको लक्ष्य १० खर्ब ८३ अर्ब १९ करोड रुपैयाँ रहेको छ ।

सोही अवधिमा गैरकर राजस्व असुली ६७ करोड ५२ लाख रुपैयाँ रहेको छ, जुन विद्यमान वार्षिक लक्ष्यको ०.६ प्रतिशत हो । गैरकर राजस्व संकलनतर्फ चालू आवको लक्ष्य १ खर्ब १३ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x