तोलामा ५ सयले घट्यो सुनको मूल्य

काठमाडौं, २२ साउन । शुक्रबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ।

बिहीबार ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य ९१ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ। यसैगरी चाँदी पनि आज तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार २ सय ६५ रुपैयाँ कायम भएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *