Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

गत आर्थिक वर्षमा निफ्राको खुदनाफा ८३ करोड ६४ लाख रुपैयाँ

गत आर्थिक वर्षमा निफ्राको खुदनाफा ८३ करोड ६४ लाख रुपैयाँ

काठमाडौं, २२ साउन । नेपाल इन्फास्ट्रक्चर बैंक (निफ्रा) ले गत आर्थिक वर्ष २०७७–०७८ मा ८३ करोड ६४ लाख रुपैयाँ खुदनाफा कमाएको छ । अघिल्लो वर्ष निफ्राले ८४ करोड ७१ लाख रुपैयाँ खुदनाफा गरेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनमा बैंकको गत वर्षको नाफा १ प्रतिशतले कम हो।

ठूला परियोजनाहरुमा लगानी गर्न भन्दै स्थापित निफ्राले गत वर्ष खुद ब्याज आम्दानी १ अर्ब ३३ करोड ३५ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष १ अर्ब २३ करोड रुपैयाँ थियो । खुद नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। प्रति शेयर आम्दानी ५ रुपैयाँ ३८ पैसा र प्रति शेयर नेटवर्थ ११७ रुपैयाँ छ।

यस्तै निफ्राको निक्षेप लागत ९ रुपैयाँ ४० पैसा रहेको छ । बैंकले विभिन्न परियोजनामा २ अर्ब २७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । सञ्चित कोषमा २ अर्ब ४० करोड रुपैयाँ जम्मा भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x