एनएमबि बैंकको साढे ८ प्रतिशत ब्याजदमा ५ वर्षसम्म नबढ्ने गरेर घर कर्जा दिने

काठमाडौं, २२ साउन । एनएमबि बैंकले साढे ८ प्रतिशत ब्याजदरमा ५ वर्षसम्म नबढ्ने गरेर घर कर्जा दिने भएको छ । निरन्तर ब्याज बढने चिन्ताबाट मुक्त हुने गरी ५ बर्ष सम्म एउटै ब्याजदर रहने तथा २५ बर्षसम्मको कर्जा अवधि रोज्न मिल्ने गरी सरल तथा सहज योजना अघि सारिएको हो ।

फिक्स्ड दर बाहेकको घर कर्जाको हकमा भने एनएमबि बैंकले प्रति वर्ष ७.९९ प्रतिशतमा कर्जा प्रदान गर्दै आइरहेको छ । यसरी ग्राहकवर्गहरुले डेरा भाडा तिर्ने पैसाले आफ्नै घर खरिद गर्न सकिने सपना पुरा गर्न यस योजनाले सघाउ पुर्याउने विश्वास लिईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *