एनएलजी एन्स्योरेन्सले १०.५२६३ प्रतितश लाभांश वितरण गर्ने

काठमाडौं, २३ साउन । एनएलजी इन्स्योरेन्स कम्पनीले १०.५२६३ प्रतिशत लाभांश वितरण गर्नेभएको छ। कम्पनीको १५औं वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।

लगानीकर्ताले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद गरी कूल १०.५२६३ प्रतिशत लाभांश पाउने छन् ।

कम्पनीको आर्थिक वर्ष २०७६–७७ मा कूल बीमा शुल्क आम्दानी एक अर्ब ८० करोड ७ लाख रुपियाँ र खुद बीमा शुल्क आम्दानी ६४ करोड ६४ लाख रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *