Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

फ्रान्सेली फेशन टाइकुन आर्नोल बने विश्वकै सबैभन्दा धनी व्यक्ति

फ्रान्सेली फेशन टाइकुन आर्नोल बने विश्वकै सबैभन्दा धनी व्यक्ति

काठमाडौं, २४ साउन । फ्रान्सेली फेशन टाइकुन बर्नार्ड आर्नोल विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । अमेरिकी आर्थिक पत्रिका फोब्र्सको रियल टाइम अर्बपतिको सूचीमा लक्जरी गुड्स कम्पनी एलभीएमएचका सीईओ आर्नोल अमेरिकी अनलाइन खुद्रा कम्पनी एमाजोनका संस्थापक जेफ बेजोसलाई उछिनेर बिहीवार विश्वकै सर्वाधिक धनी व्यक्ति बनेका हुन् ।
फोब्र्सका अनुसार बिहीवारसम्ममा आर्नोलको नेटवर्थ १ खर्ब ९९ डलर रहेको छ भने बेजोसको १ खर्ब ९३ अर्ब डलर छ । बिहीबार एकैदिन बेजोसको सम्पत्ति १३ अर्ब डलरले घटेको थियो । टेस्लाका सीईओ एलन मस्कको सम्पत्ति भने १ खर्ब ८४ अर्ब डलर रहेको तथ्याकंमा उल्लेख छ । आर्नोल यसअघि पनि विश्वकै धनी व्यक्ति बनेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x