Date

शनि, बैशाख २२, २०८१
Sat, May 4, 2024

रिहाना विश्वकै धनी महिला संगीतकर्मी अर्बपति

काठमाडौं, २४ साउन । बारबेडियन पप गायिका रिहाना विश्वकै धनी महिला संगीतकर्मी अर्बपति बनेकी छिन् । अमेरिकी आर्थिक पत्रिका फोब्र्सका अनुसार १ अर्ब ७० करोड डलर नेटवर्थ सहित रिहाना विश्वकै धनी महिला संगीतकर्मी बनेकी हुन् । उनको कस्मेटिक्स कम्पनी फेन्टी ब्यूटीको मूल्यमात्रै करीब १ अर्ब ४० करोड डलर भएको बताइएको छ ।

उनको बाँकी सम्पत्ति लिंगरी कम्पनी स्याभेज एक्स फेन्टीमा छ । सो कम्पनीको मूल्य करीब २७ करोड डलर भएको अनुमान गरिएको छ । यसबाहेक संगित र अभिनयबाट पनि उनले कमाई गर्दै आएकी छिन् ।
यो सँगै रिहाना ओप्रा विन्फ्रीपछि विश्वको सबैभन्दा धनी महिला इन्टरटेनर बनेकी छिन् । रिहानाले लक्जरी गूड्ज कम्पनी एलभीएमएचसँगको सहकार्यमा सन् २०१७ मा फेन्टी ब्यूटी लञ्च गरेकी थिइन् । अमेरिकी हल्का पेय उत्पादक कम्पनी पेप्सीकोले ट्रपिकाना र अन्य जुस ब्रान्डहरु बेच्ने बताएको छ ।

कम्पनीले ३ अर्ब ३० करोड डलरमा एक निजी इक्विटी कम्पनीलाई सो ब्रान्डहरु बेच्ने भएको हो । पीएआई पार्टनर्सको सम्झौताअनुसार ज्वाइन्ट भेञ्चर गठन गर्ने र यस भेञ्चरमा पेप्सीकोले ३९ प्रतिशत गैर–नियन्त्रणकारी शेयर लिने भएको छ । पछिल्लो समय जनमानसमा स्वास्थ्य सम्बन्धी सचेतना अभिवृद्धि भएसँगै जुसको विक्री घटिरहेको थियो ।

सन् २००३ मा अमेरिकामा जुसको खपत ४ अर्ब २० ग्यालनको उच्च स्तरमा उक्लिएको थियो भने सन् २०१७ सम्म आइपुग्दा खपत घटेर ३ अर्ब ग्यालनमा झरेको छ । सम्झौता यही वर्षको अन्त्यतिर वा आगामी वर्षको शुरुमा सम्पन्न हुने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x