Date

बुध, बैशाख १९, २०८१
Wed, May 1, 2024

न्यादी हाइड्रोपावरले भदौ १ देखि आइपीओ निष्कासन गर्ने

न्यादी हाइड्रोपावरले भदौ १ देखि आइपीओ निष्कासन गर्ने

काठमाडौं, २४ साउन । न्यादी हाइड्रोपावरले भदौ १ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरु तथा संस्थापक शेयरधनीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका कुल १८ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका वडा नं. ३ तथा मर्स्याङ्दी गाउँपालिका वडा नं. ६, ७ र ८ का सम्पूर्ण स्थानीय बासिन्दाहरुका लागि ५ लाख कित्ता र सो क्षेत्र बाहेक लमजुङ जिल्लाका अन्य क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि १० लाख कित्ता शेयर निष्कासन गर्न लागेको हो । बाँकी ३ लाख कित्ता भने कम्पनीले आफ्ना संस्थापक शेयरधनी बुटवल पावर कम्पनी र लमजुङ विद्युत् विकास कम्पनीका कर्मचारीहरुका लागि विक्री गर्ने छ ।

आईपीओमा भदौ १५ गतेसम्म आवेदन दिन सकिनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x