Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

मुद्दती निक्षेपमा १ अर्ब २६ करोड लगानी गर्दै राष्ट्र बैंक

मुद्दती निक्षेपमा १ अर्ब २६ करोड लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं, २६ साउन । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा १ अर्ब २६ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले कर्मचारी सुरक्षण कोष÷उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम आगमी भदौ १ गतेदेखि लागू हुनेगरी ३६६ दिनको मुद्दती निक्षेपमा लगाउन लागेको हो ।

केन्द्रीय बैंकले क वर्गका वाणिज्य बैंकमा सबैभन्दा बढी रु. १ अर्ब ८ लाख, ख वर्गका विकास बैंकमा १८ करोड ९० लाख र ग वर्गका वित्त कम्पनीमा ६ करोड ३० लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्नेछ । यसका लागि बैंक तथा वित्तीय संस्थाले आज (मंगलवार) ५ बजेसम्म ब्याजदर र आफूले निक्षेपमा लिन चाहेको रकम खुलाएर अनलाइन आवेदन दिन सक्नेछन् ।

सञ्चालनमा आएको कम्तीमा २ वर्ष पुगेका, राष्ट्र बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्क्रिय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम रहको, निकटतम अघिल्लो आर्थिक वर्षमा सञ्चालन मुनाफामा रहेको लगायत केन्द्रीय बैंकले तोकेका विभिन्न शर्त पूरा गर्ने बैंक तथा वित्तीय संस्था उक्त निक्षेपका लागि योग्य मानिने बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x