Date

सोम, असार २३, २०८२
Mon, July 7, 2025

गुराँस लाइफ इन्स्योरेन्सद्वारा लाभांश प्रस्ताव

गुराँस लाइफ इन्स्योरेन्सद्वारा लाभांश प्रस्ताव

काठमाडौं, २६ साउन । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५÷७६ का लागि लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको आइतवार बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा आर्थिक वर्ष २०७५÷७६ सम्मको सञ्चित मुनाफाबाट हालसम्म कायम चुक्तापुँजी १ अर्ब ९७ करोड ५५ लाख ८४ हजार ६०० रुपैयाँको ५।७९ प्रतिशत लाभांश रहेको छ, जसअनुसार ५।५ प्रतिशतले हुन आउने १० करोड ८६ लाख ६५ हजार ४०० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.२९ प्रतिशतले हुन आउने ५७ लाख १९ हजार २३१.५७ रुपैयाँ बराबरको नगद लाभांश रहेका छन्।

प्रस्तावित लाभांश नियामक बीमा समितिको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी कार्यान्वयनमा ल्याइने कम्पनीले जनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *