मानुषी लघुवित्तको आइपीओ निष्काशन

काठमाडौं, २७ साउन । मानुषी लघुवित्त वित्तीय संस्थाको आजदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन भएको छ।। कम्पनीले सर्वसाधारणमा कुल ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्काशन गरेको हो ।

कुल कित्तामध्ये ५ हजार ४६९ कित्ता कर्मचारीको लागि र १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सार्वजनिक गरिएको छ । आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्ने । कम्पनीको यो आईपीओ छिटोमा साउन ३१ गते सम्म विक्रीमा रहनेछ ।

आईपीओ निष्कासन पश्चात कम्पनीको पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *