Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

प्रदेश १ को कुल प्रादेशिक गार्हस्थ्य उत्पादन ६ खर्ब ६४ अर्ब रहने प्रक्षेपण

प्रदेश १ को कुल प्रादेशिक गार्हस्थ्य उत्पादन ६ खर्ब ६४ अर्ब रहने प्रक्षेपण

काठमाडौं, २७ साउन । गत आर्थिक वर्ष २०७७÷७८ मा प्रदेश नं १ को कुल प्रादेशिक गार्हस्थ्य उत्पादन उपभोक्ता मूल्यमा ६ खर्ब ६४ अर्ब रुपैयाँ हुने अनुमान गरिएको छ । केन्द्रीय तथ्यांक विभागको तथ्यांकका आधारमा राष्ट्र बैंकले सार्वजनिक गरेको ‘आर्थिक गतिविधि अध्ययन (प्रदेश १), प्रथम अर्धवार्षिक प्रतिवेदन’मार्फत उक्त प्रक्षेपण गरिएको हो, जुन गत आर्थिक वर्षको कुल राष्ट्रिय अर्थतन्त्रको १५.६ प्रतिशत हो ।

आर्थिक वर्ष २०७६÷७७ मा यस प्रदेशको आर्थिक वृद्धिदर १.२ प्रतिशत ऋणात्मक रहेकोमा २०७७÷७८ मा आर्थिक वृद्धिदर ३.६ प्रतिशत कायम रहने अनुमान छ । प्रदेशको कुल प्रादेशिक गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः ३५.२ प्रतिशत, १६.२ प्रतिशत र ४८.६ प्रतिशत रहेको अनुमान छ । गत वर्ष यी क्षेत्रहरूको योगदान क्रमशः ३६.० प्रतिशत, १६.४ प्रतिशत र ४८.१ प्रतिशत थियो ।

समीक्षा अवधिमा समग्र कृषि बालीले ढाकेको कुल क्षेत्रफल २.३ प्रतिशतले बढेको छ भने सोको उत्पादन १६.८ प्रतिशतले ह्रास आएको छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको सहुलियतपूर्ण कर्जा ७१.७ प्रतिशतले वृद्धि भई१६ अर्ब ८५ करोड पुगेको छ । प्रदेशका अध्ययनमा समेटिएका उद्योगहरूको औसत क्षमता उपयोग ५०.४ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा ती उद्योगहरूको उत्पादन क्षमता उपयोग ४५.७ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा प्रदेशमा घर–जग्गा रजिष्ट्रेसनबाट प्राप्त हुने राजस्व २८.३ प्रतिशतले र घर–जग्गा रजिष्ट्रेसन संख्यामा ३.९ प्रतिशतले वृद्धि भएकोछ भनेघर÷भवन स्थायी नक्सा पास ५.३ प्रतिशतले ह्रास आएको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले यस प्रदेशबाट परिचालन गरेको निक्षेप १२.२ प्रतिशतले र यस प्रदेशभित्र प्रवाह गरेको कर्जा १०.७ प्रतिशतल वृद्धि भएको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेको सेवा क्षेत्र अन्तर्गतको कर्जा १६.९ प्रतिशतले वृद्धि भई २ खर्ब ४८ अर्ब ३७ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा पनि यस्तो कर्जा १६.९ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x