प्राधिकरणका प्रबन्धक निर्देशक घिसिङले पदभार सम्हाले

काठमाडौं, २७ साउन । नेपाल विद्युत प्राधिकरणको प्रबन्धक निर्देशक पदमा दोस्रोपटक नियुक्त कुलमान घिसिङले पदभार सम्हालेका छन् । ऊर्जा मन्त्रालयमा नियुक्तिपत्र बुझेर घिसिङले रत्नपार्क स्थित प्राधिकरण कार्यालय पुगेर पदभार सम्हालेका हुन ।

उनी ४ वर्षे कार्यकाल पूरा गरेर गत वर्ष अवकाश भएका थिए ।

उनको अवकास पश्चात नियुक्त भएका प्रबन्धक निर्देशक हितेन्द्रदेव शाक्यलाई भने सरकारले जल तथा ऊर्जा आयोगमा विशिष्ठ श्रेणीको पद (सचिव) सरहको पूर्णकालीन सदस्य पदमा पदस्थापन गर्ने निर्णय गरेको छ । त्यसका लागि आयोगको गठन आदेशमा समेत संशोधन गरिएको छ । शाक्यले प्राधिकरणबाट मंगलवार नै बिदा लिइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *