बैंक अफ काठमाण्डूको ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौं, २८ साउन । बैंक अफ काठमाण्डूको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । आज कम्पनीको १६ लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो ।

अव यो ऋणपत्र शेयरधनीले आइतवारदेखि खरीद–विक्री गर्न सक्नेछन् । कम्पनीले २०७७ मंसिर २४ गतेदेखि २८ गतेसम्म निष्कासन १६ लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो । कम्पनीले वार्षिक ८.५ प्रतिशत ब्याजदरमा २०८६ सम्मका लागि ऋणपत्र निष्कासन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *