लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा केसी नियुक्त
काठमाडौं, २८ साउन । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता कुलप्रसाद केसी नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
केसीले बहुमतको सरकार दाबी गर्नका लागि आह्वान भएको निर्धारित समयमा ४२ सांसद्को हस्ताक्षरसहित दाबी पेस गरेका थिए । मुख्यमन्त्री शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएका थिए ।