Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

नयाँ बजेट पहिलेको भन्दा राम्रो र लोकप्रिय बनाउन सरकारलाई पूर्वमन्त्री पौडेलको चुनौती

नयाँ बजेट पहिलेको भन्दा राम्रो र लोकप्रिय बनाउन सरकारलाई पूर्वमन्त्री पौडेलको चुनौती

काठमाडौं, २८ साउन । पूर्व अर्थमन्त्री विष्णु पौडेलले अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेट खारेज गर्दै प्रतिस्थापन विधेयकमार्फत बजेट ल्याउने भए पहिले भन्दा राम्रो र लोकप्रिय ल्याउन चुनौती दिएका छन्। वर्तमान अर्थमन्त्री जनार्दन शर्माले देशको यथार्थ आर्थिक अवस्था (श्वेतपत्र) प्रस्तुत गर्दै अर्को बजेट ल्याउने घोषणा गरेका थिए। बिहीबार प्रतिनिधिसभामा बोल्दै पौडेलले आउने बजेट कोभिडको चुनौती सामना गर्ने, राहत र पुनर्स्थापनासहितको हुनुपर्ने बताए।

उनले श्वेतपत्रमा कोरोना महामारीको प्रतिकुल अवस्थाको विवरण उल्लेख गरेर अघिल्लो सरकारप्रति पूर्वाग्रह राखिएको टिप्पणी गरे । कोरोना महामारीका कारण आर्थिक गतिविधि र विकास खर्च हुन नसकेको प्रतिकुल अवस्थालाई विगतका अनुकुल अवस्थासँग तुलना गरिएको बताए ।कोरोना महामारीकै कारण विकास खर्च हुन नसकेको भन्दै पौडेलले श्वेतपत्रमा त्यसलाई उल्लेख नै नगरिएको बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x