Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

गण्डकी प्रदेशको कृषि उत्पादकत्व बढ्यो, औद्योगिक क्षमता उपयोग ५६.२३ प्रतिशत

गण्डकी प्रदेशको कृषि उत्पादकत्व बढ्यो, औद्योगिक क्षमता उपयोग ५६.२३ प्रतिशत

काठमाडौं, २९ साउन । गण्डकी प्रदेशको कृषि उत्पादकत्व एवं उद्योगहरूो औसत क्षमता उपयोग बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘गण्डकी प्रदेशको आर्थिक गतिविधि अध्ययन–प्रथम अर्धवार्षिक प्रतिवेदन (२०७७÷७८)’ले यस्तो देखाएको हो ।

प्रतिवेदनका अनुसार प्रदेशको खाद्य तथा अन्य बालीको उत्पादन २.७९ प्रतिशतले वृद्धि भएको छ । आलुको उत्पादन २८.५५ प्रतिशत, कोदोको उत्पादन ४.६० प्रतिशत र मकैको उत्पादन १.३० प्रतिशतले वृद्धि भएको छ । तरकारी तथा बागवानी तर्फको उत्पादन १४.८२ र फलफूल तथा मसला बालीको उत्पादन भने ९.७३ प्रतिशतले वृद्धि भएको छ ।

समीक्षा अवधिमा प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरूको कृषि, वन र माछापालन क्षेत्रमा २१ अर्ब ७० करोडको कर्जा लगानी रहेको छ, जुन कुल कर्जा बक्यौताको ७.८४ प्रतिशत हो ।

अध्ययनमा समेटिएका उद्योगहरुको औसत उत्पादन क्षमता उपयोग ५६.२३ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । सो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको औद्योगिक क्षेत्रमा ५८ अर्ब ५५ करोडको कर्जा लगानी रहेको छ, जुन कुल कर्जा वक्यौताको २१.१६ प्रतिशत हो ।

यसैगरी बैंक तथा वित्तीय संस्थाहरुबाट संकलित कुल निक्षेप १२.०२ प्रतिशतले वृद्धि भई रु. ३ खर्ब ३६ अर्ब ५९ करोड पुगेको छ । कुल कर्जा प्रवाह ११.८९ प्रतिशतले वृद्धि भइ २ खर्ब ७६ अर्ब ७३ करोड पुगेको छ ।

पूर्वाधारतर्फ निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनामध्ये पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कार्य प्रगति करिब ७० प्रतिशत र उत्तर–दक्षिण लोकमार्ग (कालीगण्डकी कोरिडोर) को कार्य प्रगति करिव ४२ प्रतिशत रहेको छ । मध्य पहाडी लोकमार्गको गोरखा–लमजुङ खण्डको करिब १११ कि.मि.मध्ये २५ प्रतिशत र कास्की–पर्वत–बाग्लुङ खण्डको करिब २४५ कि.मि. मध्ये ६० प्रतिशत कार्य सम्पन्न भएको पाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x