हिमालयन डिष्टिलरीले गत वर्ष खुद नाफा १२३ प्रतिशतले बढायो

काठमाडौं, २९ साउन । हिमालयन डिष्टिलरीले गत आर्थिक वर्ष २०७७–०७८ मा १ अर्ब ४ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीले खुद नाफा १२३ प्रतिशतले बढाएको हो । घिल्लो वर्ष ४६ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

गत वर्ष कम्पनीको सञ्चालन आम्दानी ३६.५ प्रतिशतले बढेर ६ अर्ब ५० करोड ७० लाख रुपैयाँ छ । कुल सञ्चालन आम्दानी पनि ७३ प्रतिशतले बढेर २ अर्ब १३ करोड ८४ लाख रुपैयाँ छ । यस्तै कम्पनीको जगेडा कोष रकम पनि अघिल्लो वर्षभन्दा ६८.५९ प्रतिशत बढी १ अर्ब १३ करोड ६२ लाख रुपैयाँ कायम भएको छ । कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक ११९.९४ र प्रतिशेयर नेटवर्थ २३०.९५ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *