चालू वर्षको मौद्रिक नीति आज सार्वजनिक गरिदै

काठमाडौं, २९ साउन । नेपाल राष्ट्र बैंकले आज चालू आर्थिक वर्ष २०७८–७९ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । साउनको पहिलो साता नै मौद्रिक नीतिको मस्यौदा तयार पारेको राष्ट्र बैंकले यो पटक निकै ढिला गरी आज मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो ।

सरकारले ‘श्वेतपत्र’ जारी गरिसकेकाले मौद्रिक नीति सार्वजनिक गर्न ढिला नगर्न जानकारहरूले पनि राष्ट्र बैंकका उच्च अधिकारीहरुलाई सुझाउँदै आएका छन् । मौद्रिक नीति सार्वजनिकमा ढिलाइ गर्दा वित्तीय स्थायित्वमा खलल पुग्ने र नीतिगत अस्थिरता हुने भन्दै तत्काल सार्वजनिक गर्न विज्ञहरूले सुझाव दिएका छन् ।

अहिले कोरोना प्रभावित उद्योगी, व्यवसायी, बैंकर्स एवम् ऋणी राहतका लागि मौद्रिक नीतिको पखाईमा छन् । कोरोना प्रभावित अर्थतन्त्र पुनरुत्थानका लागि राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीति मार्फत दिएका छुट एवम् सहुलियतहरुलाईै यो पटक पनि निरन्तरता दिने बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *