Date

बुध, बैशाख १९, २०८१
Wed, May 1, 2024

कोभ्याक्स मार्फत नेपालले मोडेर्नाको ४० लाख खोप प्राप्त गर्ने

कोभ्याक्स मार्फत नेपालले मोडेर्नाको ४० लाख खोप प्राप्त गर्ने

काठमाडौ, २९ साउन । कोभ्याक्ससँगको लागत साझेदारी मार्फत विश्व बैंकको वित्तीय सहयोगमा नेपालले मोडेर्ना खोपको ४० लाख मात्रा प्राप्त गर्ने भएको छ । उक्त मात्रामा खरिद गर्न गाभीसँग सम्झौता गर्ने नेपाल विश्वकै दोस्रो देश बनेको छ । यस सम्झौतासँगै नेपालको कोभिड–१९ विरूद्धको खोपको पुँजीको विविधीकरण र सुदृढीकरण भएको विश्व बैंकले बताएको छ ।

मोडेर्ना खोपले १२ वर्ष उमेर माथिका नेपालीलाई आवश्यक खोपको विकल्प विस्तार गर्न मद्दत गर्नुका साथै कोभिडपछिको सुरक्षित विश्वका लागि नेपालको प्रगतिलाई द्रुत गति दिन समेत सघाउने स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले बताएका छन् ।
यी खोपहरू नेपालमा सन् २०२२ को मार्च महिनासम्म आईपुग्ने अपेक्षा गरिएको छ र यसले नेपालका ७२ प्रतिशत जनसंख्याका साथसाथै १२ देखि १७ वर्ष उमेर समुहका बालबालिका र किशोरकिशोरी लाई खोप दिलाउने नेपालको लक्ष्य हासिल गर्नमा उल्लेख्य रूपले सघाउने अपेक्षा गरिएको छ ।

‘कोभ्याक्स सुविधा मार्फत कोभिड विरूद्धका सुरक्षित र प्रभावकारी खोपहरू खरिद गर्नका लागि लगानी गरी विकासका साझेदारसँगै नेपाली जनता र नेपाल सरकारलाई सहयोग गर्न पाउँदा हामी गौरवान्वित भएका छौं,’ माल्दिभ्स, नेपाल तथा श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले भने, ‘यस सहयोग हाम्रो समग्र कोभिड प्रतिकार्यको एक मुख्य अंश हो जसले नेपालको आपतकालिन स्वास्थ्य क्षेत्रको माग पुरा गर्न र स्वास्थ्यसेवा र खोप वितरण प्रणालीलाई सबल बनाउन सहयोग गर्नेछ ।’

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x