Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नबिल बैंकले गत वर्ष नाफा ३०.०६ प्रतिशतले बढायो

नबिल बैंकले गत वर्ष नाफा ३०.०६ प्रतिशतले बढायो

काठमाडौं, ३२ साउन । नबिल बैंकले गत आर्थिक वर्षमा अघिल्लो वर्षको भन्दा नाफा रकम ३०.०६ प्रतिशत बढाएको छ। बैंकले आज प्रकाशन गरेको वित्तीय विवरण अनुसार ४ अर्ब ५० करोड ४४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी १०.६४ प्रतिशत बढेर ७ अर्ब ७२ करोड ७० लाख रुपैयाँ छ भने सञ्चालन मुनाफा २६.३५ प्रतिशत बढेर ६ अर्ब ४३ करोड ५१ लाख रुपैयाँ छ । वितरणयोग्य मुनाफा ३६.२९ प्रतिशत बढेर ४ अर्ब १४ करोड ६२ लाख रुपैयाँ पुगेको छ ।

यस्तै सो अवधीमा बैंकले २ खर्ब २३ अर्ब ४७ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९८ अर्ब १० करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x