युनाइटेड इन्स्योरेन्सको साधारणसभा सम्पन्न, बीमाशुल्क आम्दानी ६९ करोड ८९ लाख

काठमाडौं, ३२ साउन । युनाइटेड इन्स्योरेन्स कं. (नेपाल)लि. को २७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले आइतवार भच्र्युअल रूपमा गरेको साधारणसभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६।७७ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरिएको छ ।

कम्पनीले प्रकाशित गरेको आ.व. २०७७।७८ को चौथो वित्तीय विवरण अनुसार कम्पनीले बीमाशुल्क संकलनमा ५१.२५ प्रतिशतले वृद्धि गर्दै पहिलोपटक बीमा क्षेत्रको अर्ब क्लबमा प्रवेश गर्न सफल भएको तथा मुनाफा आर्जनमा ३०० प्रतिशतभन्दा बढिले वृद्धि गर्न सफल भएको जानकारी गराइएको छ ।

कम्पनीले कुल बीमाशुल्क आम्दानी ६९ करोड ८९ लाख आर्जन गरेको छ । यस्तै कम्पनीको चुक्तापुँजी ३० करोड २४ लाखमा २४ लाखबाट १ खर्ब २८ करोड १६ लाख रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *