Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

सोमबार शेयर बजार ५.७५ अंकले बढेर बन्द

सोमबार शेयर बजार ५.७५ अंकले बढेर बन्द

काठमाडौं, ३२ साउन । सोमबार शेयर बजार परिसूचक नेप्से झिनो अंकले बढेर बन्द भएको छ । कारोबार अवधीभर निकै उतारचढाव देखिएको बजारमा नेप्से ५.७५ अंकले बढेर ३१६० विन्दुमा पुगेर बन्द भएको छ ।

कारोबारमा आएका १३ समूह मध्ये ६ समूहको सूचक घटेको छ भने ७ समूहको सूचक बढेको छ । नेप्से बढेको दिन कारोबार २ सय २७ कम्पनीको १५ अर्ब ९३ करोड रुपैयाँ बढीको भएको छ। तर यो कारोबार रकम आइतबारको तुलनामा कम हो । आइतबार हालसम्मकै सबैभन्दा धेरै २१ अर्ब ६४ करोडको शेयर कारोबार भएको थियो ।

सोमबार सबैभन्दा धेरै शेयर कारोबार नेशनल हाइड्रोपावर कम्पनीको भएको छ । यो कम्पनीको ७४ करोड रुपैयाँ बराबरको भएको छ। यस्तै नेशनल हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, रिढी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर र जिवन विकास लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ । गुमाउनेमा कम्पनीहरुको सूचीको अग्रस्थानमा आइसीएफसी फाइनान्स कम्पनी छ । यो कम्पनीको शेयर मूल्यमा ६ प्रतिशतले गिरावट आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x