डिजिटल कारोबारलाई प्रोत्साहन गर्न कुमारी बैंकको स्मार्ट च्यालेञ्ज अभियान सुरु

काठमाडौं, ३२ साउन । कुमारी बैंकले आफ्ना ग्राहकहरुलाई लक्षित गरी ‘कुमारी स्मार्ट वान मन्थ लगइन च्यालेञ्ज’ नामक अभियान सुरु गरेको छ ।

उक्त अभियानमा लक्की ड्र मार्फत प्रत्येक हप्ता १० जना र महिनाभर ४० जना भाग्यशाली सहभागीहरुले एक हजारका दरले पुररस्कार प्राप्त गर्ने बैंकले जनाएको छ । अभियानको अन्त्यमा एक भाग्यशाली कुमारी स्मार्ट प्रयोगकर्ताले बम्पर उपहार स्वरुप १० हजार रुपैयाँ नगद प्राप्त गर्ने छन् ।

यस अभियानमा सहभागी हुन ग्राहकहरुले कुमारी स्मार्ट एप मार्फत टपअप, बिलभुक्तानी, क्यूआर भक्तानी वा बैंक ट्रान्सफर गर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *