ग्लोबल आइएमईको नायव प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त

काठमाडौं, ३२ साउन । ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्र रेग्मी नियुक्त भएका छन् । बैंक संचालक समिति बैठकले भदौ १ देखि लागू हुने गरी उनलाई नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको हो ।
करिव तीन दशकदेखि बैंकिङ क्षेत्रमा क्रियाशिल रेग्मी १३ वर्षदेखि ग्लोबल आइएमईमा कार्यरत छन् । उनले बेलायतको युनिभर्सिटि अफ वेल्सबाट एमबीए गरेका छन् ।