Date

शनि, बैशाख २७, २०८२
Sat, May 10, 2025

सामान्य अंकले बढ्यो नेप्से परिसूचक, १८ अर्बभन्दा बढीको शेयर कारोबार

सामान्य अंकले बढ्यो नेप्से परिसूचक, १८ अर्बभन्दा बढीको शेयर कारोबार

काठमाडौं, १ भदौ । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएर बन्द भएको छ । परिसूचक ०.२३ अंकले वृद्धि भएर ३१६०.३१ विन्दुमा रोकिएको हो । आज १८ अर्ब २० करोड ४९ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

आज २२१ कम्पनीको ३ करोड ६ लाख १३ हजार कित्ता शेयर खरिद विक्री भएको छ ।

आज १२ वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । सर्वाधिक मूल्यको शेयर खरिद विक्री अपि पावर कम्पनीको भएको छ । यो कम्पनीको ८६ करोड ३८ लाख २४ हजार रुपैयाँको शेयर खरिद विक्री भएको छ । आज यो कम्पनीको शेयर मूल्य ६४० रुपैयाँ कायम भएको छ ।

कारोबारमा आएका १३ समूहमध्ये ६ वटा समूहको परिसूचक वृद्धि भएको छ भने बाकी समूहको परिसूचक घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *