Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

यी हुन् नेपालका प्रमुख निर्यात साझेदार मुलुक, कुनमा कतिको निर्यात ?

यी हुन् नेपालका प्रमुख निर्यात साझेदार मुलुक, कुनमा कतिको निर्यात ?

काठमाडौं, १ भदौ । गत आर्थिक वर्षमा नेपालमा आयात र निर्यात दुवै ऐतिहासिक रह्यो । कोभिड महामारीकै बीच गत आवमा नेपालमा भएको वस्तु तथा सेवाको आयात हालसम्मकै उच्च हो । सो अवधिमा कुल १६ खर्ब ८० अर्ब ९६ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार हुँदा आयात १५ खर्ब ३९ अर्ब ८४ करोडको भएको थियो । यस्तै निर्यात अघिल्लो आर्थिक वर्षको तुलनामा ४४ प्रतिशतले बढेर १ खर्ब ४१ अर्ब १२ करोड रुपैयाँ बराबरको पुगेको छ ।

विगतदेखि नै नेपालको प्रमुख निर्यात साझेदार मुलुक भारत रहँदै आएको छ । छिमेकी मुलुक भएका हिसाबले पनि भारतमा नेपालबाट हुने निर्यात अन्य मुलुकको तुलनामा बढी हुने गरेको छ । गतवर्ष मात्रै भारतमा नेपालबाट १ खर्ब ६ अर्ब ३७ करोड रुपैयाँ बराबरको वस्तु निकासी भएको भन्सार विभाग र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकले देखाएको छ ।

निकासीको दोस्रो स्थानमा अमेरिका रहेको छ । गत आवमा नेपालले उक्त मुलुकमा १३ अर्ब ६९ करोड ३५ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । यस्तै नेपालबाट धेरै निकासी हुने मुलुकमा जर्मनी तेस्रो स्थानमा रहेको छ । गतवर्ष नेपालबाट जर्मनीमा ३ अर्ब २३ करोड ८६ लाख रुपैयाँ बराबरको निर्यात भएको तथ्यांकले देखाएको छ ।

यसैगरी निर्यातको चौथो स्थानमा रहेको बेलायतमा २ अर्ब ४३ करोड ६४ लाख रुपैयाँको वस्तु निकासी भएको छ । पाँचौं स्थानमा रहेको टर्कीमा १ अर्ब ५९ करोड ८१ लाख रुपैयाँको, छैटौं स्थानमा रहेको फ्रान्समा १ अर्ब ३० करोड ७६ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । निकासी हुने मुलुकको सातौं, आठौं, नवौं र दशौं स्थानमा अस्ट्रेलिया, चीन, जापान र क्यानडा रहेका छन्, ती मुलुकमा क्रमशः १ अर्ब ६ करोड ८९ लाख, १ अर्ब ६० लाख ६ करोड, ९६ करोड ९१ लाख र ९० करोड ७० लाख रुपैयाँ बराबरको वस्तु निकासी भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x