Date

आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

सरुवा र बढुवाका लागि मलाई भन्न कोसिस गर्नेहरु नेगेटिभ लिष्टमा पर्ने छन् : ऊर्जामन्त्री पम्फा भुसाल

सरुवा र बढुवाका लागि मलाई भन्न कोसिस गर्नेहरु नेगेटिभ लिष्टमा पर्ने छन् : ऊर्जामन्त्री पम्फा भुसाल

काठमाडौं, १ भदौ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले कर्मचारीहरुलाई सरुवा बढुवाका लागि भनसुन गर्न आफूसामु नआउँन भनेकी छिन् । मन्त्री भुसालले नेपाल विद्युत प्राधिकरणको ३६ औं वार्षिकोत्सवको अवसरमा बोल्दै विचौलियामार्फत आफूलाई सरुवा बढुवा गर्न आउँनेहरु नेकेटिभ लिष्टमा पर्ने बताइन् । प्राधिकरण जिम्मेवार बनेर जनतालाई सहुलियत दरमा विद्युत् उपलब्ध गराउनु पर्नेमा उनको जोड छ । ‘भनसुन गर्न मेरोमा नआउँनु होला । त्यसो गरे नेगेटिभ लिष्टमा राख्ने छु ।’ उनले भनिन्, ‘कार्य क्षमतालाई हेरेर तपाईंहरुको सरुवा बढुवा हुन्छ । कामलाई प्राथमिकता दिनुहोस् ।’

त्यस्तै कृषिमा प्रयोग हुने विद्युत् उपलब्धतामा सहुलियत दिने योजना सरकारले गरेको उनको भनाईछ । २० युनिट विद्युत् निशूल्क वितरण गर्दा प्राधिकरण घाटामा जने भन्ने पछिल्लो हल्ला भ्रामक भएको उनको भनाई छ । विज्ञको सुझावमा नै आफूले यो घोषणा गरेको उनको दावि छ । त्यस्तै गरी वर्षाको समयमा विद्युत् खेरा जान नदिन आन्तरिक खपत बढाउनु पर्ने बताइन् । ग्रहकलाई गुणस्तरीय सेवा प्रदान गर्नका लागि प्राधिकरणले अत्याधिक मेहनत गर्नु पर्ने भएकाले त्यसतर्फ ध्यान दिन पनि मन्त्री भुसालले निर्देशन दिएइन् ।

उनले कर्मचारीलाई वार्षिक १० दिन पर्यटन विदा दिइने पनि घोषणा गरिन् । अनियमितता र भ्रस्टाचार गर्नेलाई कडा कारबाही हुन्छ । यस्तो नगर्न निर्देशन दिन्छु ।

ऊर्जा सचिव देवेन्द्र कार्कीले जनताको हितमा प्राधिकरणले ल्याएका नयाँ योजनाहरुलाई सधै साथ दिने जानकारी दिए । हिउँदको समयमा भारतबाट विद्युत् आयात गर्नुपर्ने वाध्यतालाई अन्त्य गर्न आफ्नै स्रोतसाधनले नै बढि क्षमताका आयोजना निर्माण गरेर प्रशारणमा ल्याउँनु पर्नेमा उनको जोड छ ।

त्यसैगरी नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उपभोक्तालाई नियमित, भरपर्दाे र गुणस्तरीय विद्युत सेवा उपलब्ध गराउनु नै प्राधिकरणको मूल उद्देश्य रहेको जानकारी दिए । उनले कोभिड–१९ माहामारीका कारण संस्थाको दैनिक काम कारबाही तथा आयोजनाको निर्माण कार्य प्रभावित हुँदा आगामी दिनमा केही चुनौती देखिएको बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x