Date

सोम, बैशाख २९, २०८२
Mon, May 12, 2025

चालू आवमा जलविद्युतको जडित क्षमता ३ हजार ५०० मेगावाट पुग्ने

चालू आवमा जलविद्युतको जडित क्षमता ३ हजार ५०० मेगावाट पुग्ने

काठमाडौं, २ भदौ । चालू आर्थिक वर्षको अन्त्यसम्ममा मुलुकमा जलविद्युत्को जडित क्षमता ३ हजार ५०० मेगावाट पुग्ने देखिएको छ । हाल उपलब्ध जडित क्षमता २ हजार मेगावाट हाराहारीमा पुगेकोमा विभिन्न आयोजना सम्पन्न हुने चरणमा पुगेकाले उक्त अवधिमा करिब १ हजार ६०० मेगावाट विद्युत् थपिने अनुमान ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गरेको छ ।

प्रणालीमा हाल १ हजार ५०० मेगावाट बराबरको बिजुली माग छ । बढी बिजुली माग हुने साँझ बिहानको समयमा बिजुलीको माग बढी भए पनि रातको समयमा कम माग हुने गरेको छ । सरकारको योजनाअनुसार चालू आवको अन्त्यसम्म प्रणालीमा सरकारी तथा निजी क्षेत्रका आयोजनाबाट कुल १ हजार ६२९ मेगावाट बिजुली जोडिने प्रक्षेपण छ । त्यसमा सरकारी लगानीका माथिल्लो तामाकोशीसहित, रसुवागढी १११, साञ्जेन र माथिल्लो साञ्जेन ५६, मध्यभोटेकोशीको १०२ मेगावाट बिजुली थप हुनेछ । यस्तै निजी क्षेत्रका आयोजनाले एक हजार ५५ मेगावाट थप हुनेछ । लक्ष्य अनुसार आयोजना सम्पन्न भएमा राष्ट्रिय प्रणालीमा ३ हजार ५०० मेगावाटभन्दा बढी बिजुली उपलब्ध हुने अनुमान गरिएको हो ।

यसैबीच, सरकारले एलपीजी ग्यासको तुलनामा स्वदेशको बिजुली प्रयोग सस्तो एवं भरपर्दो हुने र आन्तरिक अर्थतन्त्रलाई बढावा दिने लक्ष्यका साथ ‘विदेशी ग्यास छोडौँ, स्वदेशी बिजुली जोडौँ’ योजना अगाडि सारेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालका अनुसार आगामी दिनमा वर्षायामको विद्युत् खेर जान सक्ने अवस्थालाई मध्यनजर गरी आन्तरिक खपत बढाउने कार्य योजनालाई प्रभावकारीरुपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता छ ।

अबको दुई वर्षमा देशलाई पूर्ण विद्युतीकरण गर्ने लक्ष्यलाई सकेसम्म समयअगावै सम्पन्न गर्न कार्ययोजनासहित लाग्न प्राधिकरणलाई निर्देशन दिँदै भुसालले ‘विदेशी ग्यास छोडौँ, स्वदेशी बिजुली जोडौँ’ भन्ने नाराका साथ विद्युतीय चुलोको प्रयोग बढाउँदै लाने योजनालाई सहयोग गर्न आग्रह गरेकी छिन् ।

‘नेपालको पानी जनताको लगानी’ कायक्रमअन्तर्गत जनताको लगानीमा अप्पर अरुण १०६० मेगावाट, चैनपुर सेती ४१० मेगावाट, तामाकोशी पाँचौँ १०० मेगावाटको आयोजनाको निर्माणलाई अघि बढाउने साथै कर्मचारीको लगानीमा अप्पर मोदी ६० मेगावाटको आयोजनालाई निर्माणमा लैजाने सरकारको योजना रहेको मन्त्री भुसालले जानकारी दिइन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *