सन्राइज बैंकले ल्यायो नारी विशेष बचत अफर

काठमाडौं, २ भदौ । सन्राइज बैंकले भदौ महिनामा नारी विशेष योजना ल्याएको छ । यस योजना अन्तर्गत आफ्ना ग्राहकहरुका लागि भदौ महिनाभरि विभिन्न सेवाहरु निःशुल्क गर्नुका साथै क्यास ब्याक र छुटहरुको व्यवस्था रहेको बैंकले जानकारी दिएको छ ।
यो योजना अन्तर्गत भदौ महिनाभरि नारी बचत खाता खोल्ने महिलालाई बैंकले विभिन्न पाँचवटा सेवाहरू निःशुल्क दिने भएको छ, जस अन्तर्गत प्रथम वर्षका लागि निःशुल्क दिइने सेवामा डिम्याट, मेरो शेयर, डेबिट कार्ड, क्रेडिट कार्ड तथा लकर सेवा छन् ।
साथै बैंकले अनलाइनबाटै खाता खोल्ने सुविधा पनि प्रदान गर्दै आएकोमा भाद्र महिनाभरि अनलाइन खाता खोल्ने सम्पूर्ण नारीहरुलाई पहिलो कारोबार गर्दा २५ प्रतिशत वा ३०० रुपैयाँसम्मको छुट समेत प्रदान गरिने बैँकले बताएको छ ।
साथै सन्राइज नारी बचत खाता हुने सम्पूर्ण ग्राहकहरुलार्ई भाद्र महिनाभरि कर्जा लिँदा कर्जा शुल्कमा २५ प्रतिशत बेसिस पोइन्टको छुट दिने समेत बैंकले बताएको छ ।