Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

१७ प्रतिशतमा झर्‍यो बहुआयामिक गरिबी, कर्णाली प्रदेशमा सबैभन्दा बढी

१७ प्रतिशतमा झर्‍यो बहुआयामिक गरिबी, कर्णाली प्रदेशमा सबैभन्दा बढी

काठमाडौं, ३ भदौ । मुलुकको बहुआयामिक गरिबीको दर उल्लेख्य रूपमा घटेको पाइएको छ । राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको ‘बहुआयामिक गरिबी सूचकांक प्रतिवेदन–२०२१’ अनुसार बहुआयामिक गरिबीको दर घटेर १७.४ प्रतिशतमा आइपुगेको हो । यसअघि यस्तो दर ३०.१ प्रतिशत रहेको अनुमान गरिएको थियो ।

आयोगको उक्त प्रतिवेदनले बहुआयामिक गरिबी कर्णाली प्रदेशमा सबैभन्दा बढी र बागमती प्रदेशमा सबैभन्दा कम रहेको देखाएको छ । प्रतिवेदन अनुसार कर्णाली प्रदेशमा बहुआयामिक गरिबी ३९ प्रतिशत ५ प्रतिशत छ ।

यस्तो बहुआयामिक गरिबीको दर धेरै हुने दोस्रोमा सुदूरपश्चिम प्रदेश रहेको छ, जहाँ २५.३ प्रतिशत रहेको देखिन्छ । यस्तै प्रदेश १ मा १९.१ प्रतिशत, प्रदेश २ मा २४.२ प्रतिशत, गण्डकीमा ९.६ प्रतिशत, लुम्बिनी प्रदेशमा १८.२ र सबैभन्दा कम रहेको बागमतीमा ७ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

सन् २०१९ मा केन्द्रीय तथ्यांक विभागले गरेको अध्ययनपछि तयार पारिएको प्रतिवेदनअनुसार समग्रमा ४८ लाख ८० हजार जनता बहुआयामिक गरिबीको मारमा छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x