Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नेपालमा १६ अर्बभन्दा बढीको मकै आयात, एक वर्षमै बढ्यो ८.६ प्रतिशत

नेपालमा १६ अर्बभन्दा बढीको मकै आयात, एक वर्षमै बढ्यो ८.६ प्रतिशत

काठमाडौं, ४ भदौ । जनसंख्याको दुई तिहाइभन्दा जनता कृषिमा निर्भर रहेको, कुल गार्हस्थ्य उत्पादनमा ठूलो हिस्सा कृषिकै भए पनि मुलुकको अर्थतन्त्र नै आयातमुखी हुँदा कृषिमा आत्मनर्भिर बन्ने आकांक्षा टाढा बन्दै गएको छ । आयात निरुत्साहित गरी निर्यात प्रवद्र्धनमा जोड दिनुपर्ने विषयमा विज्ञ, सरोकारवाला र सरकारी अधिकारीहरूले भन्दै आए पनि रणनीति कार्यक्रमको अभाव र ठोस लक्ष्य नहुँदा वार्षिक बजेटभन्दा ठूलो व्यापार घाटा रहेको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

त्यसमा पनि मुलुक आत्मनिर्भर बन्न सक्ने प्रबल सम्भावना रहेको कृषिउपजको आयात समेत डरलाग्दो रूपमा बढ्न चिन्ताको विषय पनि हो । नेपालमा ५० अर्बभन्दा बढीको धान÷चामल आयात भएकोमा यसपछिको दोस्रो प्रमुख खाद्यान्न मकै समेत १६ अर्बभन्दा बढीको भित्रिएको छ ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७७÷७८ मा नेपालमा कुल १६ अर्ब २ करोड रुपैयाँ बराबरको ५ लाख ९० हजार मेट्रिक टनभन्दा बढी मकै आयात भएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलना ८.६ प्रतिशतले बढी हो । अघिल्लो वर्ष १४ अर्ब ७५ करोड रुपैयाँभन्दा बढीको मकै पैठारी भएको थियो ।

गतवर्ष नेपालले सबैभन्दा धेरै परिमाणको मकै भारतबाट आयात गरेको छ । सो अवधिमा भारतबाट मात्रै १५ अर्ब ११ करोड रुपैयाँभन्दा बढीको मकै भित्रिएको छ । यस्तै अजेन्टिनाबाट ५ अर्ब ९९ करोड र ब्राजिलबाट १ अर्ब ८४ करोड रुपैयाँ बराबरको आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x