Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

अमेरिकी ब्राण्ड आर सी कोला नेपाली बजारमा भित्र्याईयो

अमेरिकी ब्राण्ड आर सी कोला नेपाली बजारमा भित्र्याईयो

काठमाडौं, ७ भदौ । अमेरिकी पेय पदार्थ ब्राण्ड आर सी कोला नेपाली बजारमा भित्र्याइएको छ । दुर्गालक्ष्मी समूहमार्फत भेञ्चुरा बोटलर्सले नेपाली बजारमा अमेरिकी उत्पादन आर सी कोला भित्र्याएको हो ।

कम्पनीले कच्चा पदार्थ अमेरिकाको कोलम्बसबाट आयात गर्ने गरेको छ । मकवानपुरमा रहेको भेञ्चुरा बोटलर्सको अत्याधुनिक प्लान्टमा अमेरिकी स्तरको प्रक्रियामा नेपाली पानीको मिश्रणबाट नेपालमा आर सी कोला तयार पारिने गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत कबिन अर्यालले जानकारी दिए । कम्पनीले ६ प्रकारका कोल्ड ड्रिंक्स नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले ५० करोड लगानीमा कोला, ओरेन्ज, लेमन, माउन्टेरियन, इनर्जी र जिराको स्वादमा पेय पदार्थ उत्पादन गरेको कम्पनीले जनाएको छ ।

यी उत्पादन २५० एमएल, ५ सय एमएल, एक लिटर र सवा दुई लिटरको बोतलमा बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x