Shangrila

विद्युत खरिदका लागि गत वर्ष ४१ अर्ब ४६ करोड खर्च

काठमाडौं, ७ भदौ । गत आर्थिक वर्ष २०७७–०७८ मा भारतबाट २ अर्ब ८२ करोड युनिट विद्युत खरिद गरिएको छ। अघिल्लो आर्थिक वर्ष २०७६–७७ मा भारतबाट १ अर्ब ७३ करोड युनिट मात्र विद्युत खरिद गरिएको थियो । तर गत वर्ष ऊर्जाको माग बढेको र प्राधिकरणको उत्पादन घटेकाले आयात ६३.४५ प्रतिशत बढी भएको हो ।

विद्युत खरिदका लागि प्राधिकरणको गत वर्ष ४१ अर्ब ४६ करोड रुपैयाँ खर्च भएको छ। यस्तो खर्च अघिल्लो आर्थिक वर्षमा ३५ अर्ब १२ करोड रुपैयाँ थियो ।

प्राधिकरणका अनुसार गत वर्ष प्रणालीमा ८ अर्ब ८७ करोड ७९ लाख ५० हजार युनिट घण्टा विद्युत उपलब्ध भयो । यो अघिल्लो वर्षको तुलनामा १४.६८ प्रतिशत बढी हो

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *