Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

एनएमबि सरल बचत फण्डले १० करोड इकाई भदौ १७ गतेदेखि बिक्रीमा ल्याउने

एनएमबि सरल बचत फण्डले १० करोड इकाई भदौ १७ गतेदेखि बिक्रीमा ल्याउने

काठमाडौं । एनएमबि क्यापिटल मार्केट्स लिमिटेडले खुलामुखी म्युचुअल फण्ड निष्काशन तथा बिक्रीमा ल्याउने भएको छ। एनएमबि सरल बचत फण्डले १० करोड इकाई भदौ १७ गतेदेखि बिक्रीमा ल्याउने भएको हो ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो।

निष्काशन गरिने कुल इकाईमध्य ४० प्रतिशत अर्थात ४ करोड इकाई पहिलो चरणमा निष्काशन गर्ने क्यापिटलले भएको छ ।
त्यसैगरी, कूल इकाई मध्ये १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई कोष प्रवद्र्धक एनएमबि बैंक र एक प्रतिशत योजना व्यवस्थापक एनएमबि क्यापिटललाई छुट्याइएको छ । बाँकी २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला हुने भएको छ ।

एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो फण्डको इकाईमा भदौ २१ गतेदेखि गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा भदौ ३१ गतेसम्म आवेदन म्याद थप गर्न सकिनेछ।

यस खुल्लामुखी फण्डको इकाईमा लगानीकर्ताले प्रतिइकाई १० रुपैयाँको दरले न्यूनतम १०० इकाईदेखि अधिकतम ४० लाख इकाईका लागि आवेदन दिन सकिनेछ । धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट आवेदन दिन सक्नेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x