Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

एक वर्षमै ५२ प्रतिशतले बढ्यो गहुँको आयात

एक वर्षमै ५२ प्रतिशतले बढ्यो गहुँको आयात

काठमाडौं, ८ भदौ । निर्यातको तुलनामा दशौं गुणा बढी आयात गर्ने नेपालमा खाद्यान्न आयात हुनु पनि नौलो रहेन । माग अनुसार आन्तरिक उत्पादन नभएपछि नेपालमा वर्षेनि अर्बौंको खाद्यान्न आयात हुने गरेको छ । नेपालमा सबैभन्दा धेरै आयात हुने तेस्रो स्थानमा गहुँ रहेको छ ।

धान–चामल र मकैपछि सबैभन्दा धेरै रकम गहुँ आयातका लागि बाहिरिने गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ । विभागका अनुसार गत आर्थिक वर्षमा मात्रै नेपालमा करिब १२ अर्ब रुपैयाँ बराबरको गहुँ पैठारी भएको छ ।

गतवर्ष कुल ११ अर्ब ९७ करोड ६८ लाख ७६ हजार रुपैयाँ बराबरको ३ लाख ८८ हजार २७९ मेट्रिक टन गहुँ आयात भएको छ, जुन अघिल्लो आर्थिक वर्ष २०७६÷७७ को तुलनामा ५२.४ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कुल ७ अर्ब ८५ करोड ६२ लाख ७६ हजार रुपैयाँ बराबरको २ लाख ३८ हजार ६५५ मेट्रिक टन गहुँ आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

गत वर्ष आयात भएको गहुँमध्ये सबैभन्दा ठूलो हिस्सा भारतबाट भएको छ । सो अवधिमा भारतबाट मात्रै ११ अर्ब ९७ करोड ६७ लाख ३८ हजार मूल्यको गहुँ नेपाल भित्रिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x