नेप्सेका सीइओ चन्द्रसिंह साउदले दिए राजीनामा
काठमाडौं, ८ भदौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले राजीनामा दिएका छन् । साउदले मंगलबार राजीनामा दिएका हुन् । राजीनामा गर्नुअघि साउद अर्थ मन्त्रालय गएका थिए । त्यहाँबाट फर्किएपछि उनले राजीनामा दिएको घोषणा गरेका हुन् । साउद सर्वोत्तम सिमेन्ट प्रकरणमा मुछिएका छन् ।
आफ्नी श्रीमतिको नाममा सेयर किनेपछि सीइओ साउद विवादमा तानिएका हुन् । संसदको अर्थ समितिका सदस्यहरुले धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका सीइओ साउदलाई निलम्बन गरी कारवाही सुरु गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको थियो ।
साउदको कार्यकाल करिब २ महिना मात्रै बाँकी थियो ।