Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

बुधबार पनि शेयर बजारमा ४८ अंकको गिरावट

बुधबार पनि शेयर बजारमा ४८ अंकको गिरावट

काठमाडौं, ९ भदौ । बुधबार पनि शेयर बजार परिसूचक नेप्से घटेको छ । मंगलबार ५६ अंकले घटेको नेप्से बुधबार पनि ४८.४२ अंकले घटेर ३०७६.४५ विन्दुमा झरेको छ । कारोबारमा आएका १३ समूह सबैको सूचक घटेपछि समग्रमा बजार तल झरेको हो ।

सबैभन्दा धेरै निर्जीवन बीमा समूहको सूचक ४२२ अंकले घटेको छ । यस्तै जीवन बीमा पनि ३५४ र विकास बैंक २६५ अंकले घटेको छ। कारोबार पनि २२७ कम्पनीको १२ अर्ब ९ करोड २१ लाख रुपैयाँको भएको छ। बुधबार १६ अर्ब १२ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको थियो ।

यस्तै बुधबार जीवन विकास लघुवित्तको शेयर १० प्रतिशत र आइसीएफसी फाइनान्सको ९.९९ प्रतिशतले बढेको छ । खानीखोला हाइड्रोको सबैभन्दा धेरै ९.९८ प्रतिशतले घटेको छ । यो दिन सबैभन्दा धेरै शेयर कारोबार भने अरुण कावेली पावर कम्पनीको भएको छ । यो कम्पनीको ४८ करोड ७१ लाख रुपैयाँको कारोबार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x