Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सिटिइभिटीको छात्रवृत्ति आवेदन फारम शुल्क खल्तीबाटै भुक्तानी गर्न सकिने

सिटिइभिटीको छात्रवृत्ति आवेदन फारम शुल्क खल्तीबाटै भुक्तानी गर्न सकिने

काठमाडौं, १० भदौ । खल्ती डिजिटल वालेटले सिटिइभिटीबाट खुलाइएको प्रि–डिप्लोमा तह, डिप्लोमा, र प्रमाणपत्र तहका छात्रवृत्ति आवेदनको फारम शुल्क खल्तीबाट सिधै शुल्क भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ ।

सरकारी वा सामुदायिक विद्यालयबाट एसईई, एसएलसी वा टिएसएलसी अध्ययन गरेको विद्यार्थीहरुले छात्रवृत्ति आवेदन फारम भरी त्यसमा लाग्ने शुल्क खल्तीबाट सिधै तिर्न सक्नेछन् । निजी विद्यालयबाट एसईई, एसएलसी वा टिएसएलसी अध्ययन गर्नेको हकमा भने उक्त छात्रवृत्ति लागु नहुने खल्तीले जनाएको छ ।

छात्रवृत्तिको आवेदन फाराम भर्ने आवेदकले डिप्लोमा तथा प्रि–डिप्लोमा तहका कार्यक्रमहरु मध्ये आवेदकले कुनै एक तहको एक वटा कार्यक्रममा मात्र भर्न पाउनेछन् । भदौ २३ गते सम्म आवेदकहरुले छात्रवृत्तिको लागि आवेदन दिन सक्नेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x