Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

१४.३९ प्रतिशत सरकारी खर्चको स्रोत वैदेशिक सहायता

१४.३९ प्रतिशत सरकारी खर्चको स्रोत वैदेशिक सहायता

काठमाडौं, १० भदौ । मुलुकको कुल सरकारी खर्चमध्ये १४ दशमलव ३९ प्रतिशत वैदेशिक सहयताबाट प्राप्त भएको पाइएको छ । हालै सार्वजनिक महालेखापरीक्षकको ५८औं प्रतिवेदनले आर्थिक वर्ष २०७६÷७७ मा कुल सरकारी खर्चमध्ये उक्त प्रतिशतले हुन आउने रू. १ खर्ब ५७ अर्ब ५ करोडको स्रोत वैदेशिक सहायता भएको देखाएको छ ।

अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा नेपाललाई १ अर्ब ४० करोड डलर ऋण, ३७ करोड ४४ लाख डलर अनुदान र २२ करोड ८१ लाख डलर प्राविधिक सहायता प्राप्त भएको थियो, जुन त्यसअघि को आर्थिक वर्षको तुलनामा २६.९२ प्रतिशत हो ।

महालेखापरीक्षकको उक्त प्रतिवेदनले प्राप्त विकास सहायता रकमको ५३ प्रतिशतमात्र संघीय सञ्चित कोषमार्फत परिचालन भएको देखाएको छ । बाँकी ४७ प्रतिशत सहायता सरकारी कोष बाहिरबाट परिचालन भएको पाइएको छ । गैरबजेटरी प्रणालीबाट खर्च गर्ने प्रणालीमा सुधार भए पनि त्यो पर्याप्त हुन नसकेको प्रतिवेदनमा उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x