Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेपाल इन्स्योरन्सको वार्षिक साधारण सभा वैशाख २१ गते

नेपाल इन्स्योरन्सको वार्षिक साधारण सभा वैशाख २१ गते

काठमाडौं, २२ चैत्र । नेपाल इन्स्योरेन्स कम्पनीको चैत्र २१ गते बसेको संचालक समितिको बैठकले वैशाख २१ गते कम्पनीको ६९औं वार्षिक साधारण सभा बस्ने निर्णय गरेको छ । उक्त वैठकमा साधारण सभाको प्रयोजनका लागि कम्पनीको शेयर दर्ता किताव बन्द वैशाख ७ गते हुने निर्णय गरिएको जानकारी दिएको छ ।

कम्पनीको ६९औं वार्षिक साधारण सभाले शेयरधनीहरुलाई हालको चुक्ता पुँजीको ४.५२३८ प्रतिशत बोनस शेयर दिने भएको छ । यस्तै कम्पनीले हालको चुक्ता पुँजीको १ बराबर १ कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले ३० करोड १९ लाख ८८ हजार ६१० रुपैयाँ बराबरको ३० लाख १९ हजार ८८६.१० कित्ता हकप्रद शेयरको बिक्री खुल्ला वैशाख ५ गतेबाट गर्ने जनाएको छ । सो हकप्रद शेयर जारी पछि कम्पनीको चुक्ता पुँजी ६० करोड ४० लाख रुपैयाँ पुग्ने छ । कम्पनीको हाल चुक्ता पुँजी ३० करोड १९ लाख रुपैयाँ रहेको छ । साथै बोनस शेयरको पुँजीकरण पछि चुक्ता पुँजी ६१ करोड ७६ लाख रुपैयाँ पुग्ने बताइएको छ ।

यस साधारण सभामा कम्पनीले थप ६५ प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव राख्ने बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x