Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

आर्थिक समृद्घिका लागि उद्यमशीलता

आर्थिक समृद्घिका लागि उद्यमशीलता

माधवराज शर्मा पोखरेल

उद्यमशीलता कुनै पनि देशको आर्थिक विकासको मेरुदण्ड मानिन्छ । उद्यमशीलताबिना आर्थिक विकासको परिकल्पना गर्न सकिँदैन भने आर्थिक विकासबिना आर्थिक समृद्घि सम्भव छैन ।

नयाँ उद्यम व्यवसायको सुरुवात गर्ने तथा सञ्चालन गर्ने व्यक्तिलाई उद्यमी भनिन्छ । उद्यमीसँग व्यवसाय सञ्चालन गर्ने उच्च पहल, कुशलता, सिर्जनशीलता, नवप्रवर्तन र जोखिम बहन गर्ने क्षमता हुन्छ । उद्यमीले आफ्नो व्यवसायलाई पर्याप्त समय दिनुपर्छ ।

उद्यमी हुनु भनेको आफ्नो मालिक आफैं हुनु हो । उद्यमीले व्यवसाय प्रारम्भ गरी विचारको सिर्जनाबाट अवसरहरूको उचित उपयोग र चुनौतीको सामना गर्छ, चुनौतीलाई अवसरमा परिणत गर्छ । उद्यमीले पुरस्कारका रूपमा उद्यमलाई सफलतामा पुर्याइ नाफा प्राप्त गर्छ ।

उद्यमशीलता नयाँ व्यवसाय सिर्जना गर्ने प्रक्रिया हो । उद्यमी एउटा सर्जक हो भने उद्यमशीलता सिर्जना । त्यस्तै उद्यमी एउटा नवप्रवर्तक हो भने उद्यमशीलता नवप्रवर्तन ।
नयाँ व्यवसायको सिर्जना, व्यवसायलाई आवश्यक समय तथा प्रयास, जोखिम बहन, उच्च उपलब्धिको चाहना, सिर्जनशीलता तथा नवप्रवर्तन र पुरस्कारका रूपमा नाफाको अपेक्षा उद्यमीका महŒवपूर्ण विशेषता हुन् ।

उत्पादकत्व वृद्घि, रोजगारीको सिर्जना, देशको सन्तुलित विकास, निर्यात प्रवद्र्घन, औद्योगीकरण, उद्यमी स्वयंको आत्मनिर्भर एवं जीवनस्तरमा सुधार, स्थानीय स्रोत र साधनको सदुपयोग, राजस्व वृद्घि, कुल गार्हस्थ्य उत्पादन वृद्घि एवं समग्र रूपमा देशको आर्थिक विकासमा उद्यमशीलताको महत्वपूर्ण भूमिका हुन्छ ।

राष्ट्रको विकास आर्थिक विकासमा निर्भर हुन्छ र आर्थिक विकास उद्यमशीलतामा निर्भर रहन्छ । उद्यमशीलताले जलस्रोत, खनिज, प्राकृतिक तथा कृषिउपजको अधिकतम सदुपयोग गर्छ । आयात प्रतिस्थापन गर्छ र निर्यात बढाउँछ, जसबाट विकराल समस्याका रूपमा रहेको बढ्दो व्यापारघाटा कम गर्न सहयोग मिल्छ ।

त्यस्तै कृषिजन्य उद्योग, ऊर्जाजन्य उद्योग, ग्रामीण उद्योग व्यवसाय र पर्यटन उद्योग व्यवसायमा वृद्घि भई राष्ट्रको आर्थिक विकासमा टेवा पु¥याउँछ । देशको आर्थिक एवं सामाजिक वृद्घिबाटै आर्थिक समृद्घि सम्भव छ ।
आज विश्वका विकसित देशहरूले उद्यमशीलतालाई महत्वपूर्ण स्थान दिएका कारण आजको स्थितिमा पुगेका हुन् । उद्यमीहरूको उद्यमशीलता र लगनशीलताले गर्दा नै आज विश्वका धनी राष्ट्रहरूको अर्थतन्त्रमा द्रुततर विकास सम्भव भएको हो ।

हाम्रो देशमा समेत आर्थिक समृद्धि धेरैको जनजिब्रोबाट उच्चारण हुने शब्द हो । देशमा उद्यम व्यवसायको विकास एवं विस्तार गरी उत्पादनमा वृद्घिबिना आर्थिक समृद्घि सम्भव छैन । तर, उद्यमशीलताको विकास गर्नेतर्फ सरकार एवं सरकार बनाउने राजनीतिक दलका नेताहरूको इच्छाशक्ति नभएका कारण पर्याप्त ध्यान दिएको पाइँदैन ।
हाम्रो जस्तो अल्पविकसित देशमा उद्यमशीलताका विभिन्न समस्या छन् । पर्याप्त मात्रामा पुँजीको अभाव छ ।

उद्यमशील ज्ञान, सीप र सकारात्मक सोचको कमी, व्यवसायको सुरक्षाको कमी, उद्यमलाई आवश्यक वित्तीय एवं संस्थागत सहयोगको कमीका कारण उद्यमशीलको विकास हुन नसकेको हो । आर्थिक समृद्घिका लागि देशको समग्र आर्थिक विकास गर्नु जरुरी छ । आर्थिक विकासका लागि देशमा उद्यमशीलताको वृिद्घ गर्नुपर्छ । कुरा गरेर मात्र होइन, व्यवहारमा सहरदेखि गाउँसम्म उद्यमशील संस्कृतिको विकास गर्नुपर्छ ।

यसमा सरकारले उद्यमशीलता बढाउन संस्थागत सहयोगको दायरा बढाउनुपर्छ । यसबाट आर्थिक समृद्घि सम्भव हुनेछ । यसमा सरकारदेखि सरकार चलाउने राजनीतिक दलसम्म सबैको समयमै ध्यान जाओस् । कारोवार

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x