Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

राष्ट्र बैंकले झुत्रा नोटबाट ब्रिकेट बनाउने

राष्ट्र बैंकले झुत्रा नोटबाट ब्रिकेट बनाउने

काठमाडौं, १५ भदौ । प्रचलनमा ल्याउन नमिल्ने झुत्रो, मैलो, पुरानो तथा च्यातिएका नोटलाई नेपाल राष्ट्र बैंकले जलाई ब्रिकेट बनाउने प्रविधि भित्र्याएको छ । नेदरल्यान्डबाट पहिलोपटक भित्र्याइएको सो प्रविधिको प्रयोगबाट अब प्रचलनमा ल्याउन नमिल्ने नोटलाई भट्टीमा डढाएर निस्कने खरानीबाट इन्धनका रूपमा प्रयोग हुने ब्रिकेट बनाउन तयारी थालिएको हो । चलनचल्तीमा ल्याउन नमिल्ने नोटलाई विगतमा जलाएर नष्ट गरिन्थ्यो ।

राष्ट्र बैंकका अनुसार प्रतिवर्ष सरदर ४० देखि ४५ अर्ब रुपैयाँ बराबरका नोट नष्ट गर्दै आएको थियो । नेदरल्यान्डको एक कम्पनीसँग सन् २०२० भएको सम्झौताअनुसार आठ मेशिन ल्याउने सहमतिअनुसार हालै आइपुगेका चार मेशिनबाट पहिलो चरणमा काठमाडौँ, विराटनगर, वीरगञ्ज र नेपालगञ्जमा जडान गरी जलाइएका नोटबाट ब्रिकेट उत्पादन गरिने नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x