Date

मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025

एनएमबि हाईब्रिड फण्ड एल–१ को गत आर्थिक वर्षको नाफा ६२ करोडभन्दा बढी

एनएमबि हाईब्रिड फण्ड एल–१ को गत आर्थिक वर्षको नाफा ६२ करोडभन्दा बढी

काठमाडौं, १५ भदौ । एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालन भैरहेको एनएमबि हाईब्रिड फण्ड एल– १ ले गत आर्थिक वर्ष ०७७÷७८ सम्ममा ६२ करोड ८ लाख रुपैयाँभन्दा बढी नाफा गरेको छ । यो नाफा अघिल्लो वर्षको सोही अवधिसम्म १४ करोड ६८ लाख ७३ हजार रुपैयाँ थियो । नाफामा उल्लेख्य बृद्धि भएको यस योजनाले गत वर्ष ६४ करोड ६२ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दा २ करोड ५३ लाख रुपैयाँभन्दा बढी खर्च गरेको छ । अघिल्लो वर्ष योजनाले १६ करोड ७४ लाख भन्दा बढी जम्मा आम्दानी गरेको थियो भने २ करोड ५ लाखभन्दाबढी जम्मा खर्च गरेको थियो ।

अघिल्लो वर्ष ११.४८ रुपैयाँ रहेको योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य गत वर्ष १६.८९ रुपैयाँ कायम भएको छ । योजनाको पूँजी १ अर्ब रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *