मंगलबार शेयर बजारमा उच्च अंकले गिरावट, सबै समूह राताम्य
काठमाडौं, १५ भदौ । यो साताको दोस्रो कारोबार दिन मंगलबार पनि नेप्से परिसूचक उच्च अंकले घटेको छ । गत आइतबार ४९ अंकले घटेको बजार आज ६९.०५ प्रतिशतले घटेर बन्द भएको हो । गत कारोबारको तुलनामा नेप्से परिसूचक २.२७ प्रतशितले तल झरेर २९७५.८४ विन्दुमा रोकिएको छ ।
आज कारोबारमा आएका १३ वटै समूह राताम्य भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा शेयर धितो सम्बन्धी व्यवस्थाले गर्दा बजारलाई प्रत्यक्ष असर गरेको छ । शेयर धितो राखेर १२ करोडसम्म मात्र ऋण लिन पाउँने व्यवस्था गरिएको छ । यस अघि सीमा तोकिएको थिएन् ।
आज २२६ कम्पनीको २ करोड ३१ लाख ९ हजार कित्ता शेयर १३ अर्ब २५ करोड ९६ लाख रुपैयाँमा खरिद विक्री भएको छ । आज सर्वाधिक मूल्यको शेयर खरिद विक्री अरुण भ्याल्ली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको भएको छ । यो कम्पनीको १ अर्ब १ करोड ५ लाख रुपैयाँ भन्दा बढीको शेयर खरिद विक्री भएको हो ।
त्यस्तै हिमालयन डिष्टिलरीको ४९ करोड २३ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ । आज रु रु जलविद्युट परियोजना लिमिटेडको प्रतिशेयर मूल्य ९.९९ प्रतिशतले घटेको छ । त्यस्तै माउन्टेन हाइड्रो नेपाल लिमिटेडको शेयर मूल्य ७.७६ प्रतिशतले घटेको छ ।