Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

इन्टेक्स ब्राण्डका इलेक्ट्रोनिक्स सामान अब नेपाली बजारमा पनि पाइने

इन्टेक्स ब्राण्डका इलेक्ट्रोनिक्स सामान अब नेपाली बजारमा पनि पाइने

काठमाडौं, १६ भदौ । इन्टेक्स ब्राण्डका इलेक्ट्रोनिक्स सामान अब नेपाली बजारमा पनि उपलब्ध हुने भएको छ । यसको नेपालका लागि आधिकारीक बिक्रेता रिसिक टेडिङ कन्र्सन प्रा.लि.रहेको छ ।

बिश्व बजारमा आफुलाई स्थापित गर्न सफल उक्त कम्पनीबाट उत्पादित सामानहरु गुणस्तरीय र भरपर्दो रहेको दाबी गरिएको छ। कम्पनीले हरेक परिवारका लागि आवश्यक पर्ने इलेक्ट्रोनिक्सका सामानहरु उत्पादन गदै विश्व बजारमा उपलब्ध गराउदै आएको छ । नेपालको चर्चित नायिका करिस्मा मानन्धरले यस ब्राण्डलाई नेपालमा आधिकारिक रुपमा भित्र्याएकी हुन । मानन्धरले घरायसी रुपमा प्रयोग हुने इलक्ट्रोनिक्स सामान खरिद गर्दा उपभोक्ताले अवदेखि यो ब्राण्डलाई नै रोज्नेमा आफु विश्वस्त रहेको बताइन ।

२५ बर्ष अघिबाट यस ब्राण्डका सामानहरु बिश्व बजारमा आएपनि नेपालमा भने होम अप्लायन्स र स्मल होम अप्लायन्सका सामान आधिकारिक रुपमा पहिलो पटक नेपाल भित्रिएको जनाइएको छ। ८ बर्ष अघि यस कम्पनीले उत्पादन गरेको मोवाइल नेपाल भित्रिएको र सन २०१५ मा नेपाल र भारतमा नम्वर एक ब्राण्डको रुपमा स्थापित भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x