Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

अरुण तेस्रो आयोजना : प्रसारणलाइनका लागि जग्गा अधिग्रहणको काम शुरू

अरुण तेस्रो आयोजना : प्रसारणलाइनका लागि जग्गा अधिग्रहणको काम शुरू

खोटाङ, १७ भदौ । नेपालको ‘मेगा हाइड्रो प्रोजेक्ट’ अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रसारणलाइनका लागि जग्गा अधिग्रहणको काम शुरू भएको छ । संखुवासभाबाट उत्पादन गर्न लागिएको ९०० मेगावाट क्षमताको उक्त आयोजना अन्तर्गत प्रसारणलाइनले ओगट्ने जग्गा अधिग्रहण गर्न कित्ता नम्बर, क्षेत्रफल, जग्गाधनीको नामलगायतका विवरण संकलन शुरू गरिएको आयोजनाले बताएको छ ।

संखुवासभाबाट भोजपुर हुँदै खोटाङको साकेला गाउँपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकाबाट उदयपुरको ढल्केबरमा अरुण तेस्रोको प्रसारणलाइन जोडिने आयोजनाका साइडअफिस को–अर्डिनेटर प्रवीण यादवलाई उद्धृत गर्दै राससले उल्लेख गरेको छ ।

आयोजनाको रूट परिवर्तन भएसँगै दुई वर्षदेखि रोक्का जग्गा फुकुवा गर्ने निर्णय गरिसकिएको छ । जिल्ला मालपोत कार्यालयसँगको समन्वयमा आयोजनाको प्रसारणलाइनले ओगट्ने जग्गा छुट्याउने र मुआब्जा दिलाउने प्रक्रिया शुरू हुने आयोजनाले बताएको छ । अरुण तेस्रो जलविद्युत् आयोजना प्रसारणलाइनअन्तर्गत खोटाङका दुई गाउँपालिकामा ७९ खम्बा राखिने बताइएको छ ।

यसैगरी राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत पर्ने दूधकोशी जलशययुक्त जलविद्युत् आयोजनाका लागि पनि आवश्यक जग्गा व्यवस्था गर्न अधिग्रहण शुरू गरिएको छ । खोटाङको रावाबेँसी–३ लामीडाँडा र ओखलढुंगाको चिशुंगढी–६ भदौरेको सिमानामा पर्ने दूधकोशी नदीस्थित रभुँवाघाटबाट ६३५ मेगावाट क्षमताको जलविद्युत् आयोजनाका लागि पाँच हजार ८२६ कित्ता जग्गा अधिग्रहणको प्रक्रिया शुरू गरिएको हो ।

दूधकोशी जलविद्युत् आयोजनका उपनिर्देशक सीताराम तखाछेका अनुसार अधिग्रहणका लागि सार्वजनिक सूचना जारी गरिसकिएको छ । आयोजनाका लागि खोटाङमा करिब १३ हजार रोपनी जग्गा आवश्यक पर्नेछ । दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाका लागि एशियाली विकास बैंक (एडीबी)ले आर्थिक लगानी गर्ने तय भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x