Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

यूएईसँगको व्यापार घाटा कम गर्न संयुक्त लगानीमा जोड

यूएईसँगको व्यापार घाटा कम गर्न संयुक्त लगानीमा जोड

काठमाडौं, १७ भदौ । नेपाल र संयुक्त अरव इमिरेट्सबीचको आर्थिक व्यवसायिक सम्बन्धलाई थप प्रगाढ पार्नुपर्नेमा जोड दिइएको छ । द्विपक्षीय व्यापार विस्तार एवं संयुुक्त लगानी, प्रविधि आकर्षण तथा नेपालको निर्यात प्रवद्र्धनमा दुुवै देश बीच गम्भीर गृहकार्य हुनुपर्नेमा नेपाल उद्योग महासंघको जोड छ ।

नेपालका लागि संयुक्त अरव इमिरेट्सका राजदूत सइद हमदान अल नाकवीर महासंघका अध्यक्ष शेखर गोल्छाबीच महासंघ सचिवालयमा भएको भेटवार्तामा द्विपक्षीय आर्थिक सम्बन्धलाई थप सुदृढ गर्नुपर्नेमा जोड दिइयो । दुवै मुलुक बीचको द्विपक्षीय व्यापारमा ठूलो व्यापार घाटा नेपालले व्यहोर्दै आएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार सन् २०२०÷२१ मा ३६ अर्व भन्दा बढीको व्यापार घाटा रहयो । सन् २०१९÷२० मा करिव १८ अर्व र २०१८÷१९ मा ३५ अर्वको व्यापार घाटा थियो ।

नेपालले तयारी पोसाक, हाते गलैचा तथा हस्तकलाका सामानहरू, मुसुुरोका दाल लगायतका सामग्रीहरू निर्यात गर्दै आएको छ भने सुन तथा चांदी, खनिज तेल र यससंग सम्बन्धित अन्य उत्पादनहरू, प्लाष्टिक्स तथा प्लाष्टिक्सजन्य सामानहरू, कपर स्क्राप, चकलेट, कार्पेट्स तथा अन्य ओछ्याउने वस्तुहरू आयात गर्दछ । उद्योग विभागका अनुसार २०७८ असार ३१ सम्म नेपालमा कृषि तथा वनमा आधारित, उर्जा, आईटी, उत्पादनमुलक, खानी, सेवा र पर्यटन क्षेत्रमा गरी २३ वटा संयुक्त लगानीका परियोजनाहरू रहेका छन् । व्यापार घाटा कम गर्न र आपसी आर्थिक सम्बन्धलाई थप विस्तार गर्न सहकार्यका क्षेत्रहरू पहिचान गरेर अगाडि बढ्नुपर्नेमा उहांहरूको जोड थियो ।

नेपालको प्रमुख श्रम गन्तव्य मध्येको एक संयुक्त अरव इमिरेट्सतर्फ नेपालबाट कृषि उत्पादन निर्यातको बलियो सम्भावना रहेकाले कृषिमा संयुक्त लगानी आकर्षणमा जोड दिइयो । हवाई मार्गबाट निकै नजिक रहेका नेपाल र यूएई बीच पर्यटन, सहकार्यको अर्को कडी हुन सक्ने र यस क्षेत्रमा संयुक्त लगानीका माध्यमबाट थुप्रै काम गर्न सकिने सम्भाव्यता माथि छलफल भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x